Premier Cables
Premier Steel

राजनीति विराटनगर

विराटनगरमा राजेन्द्र महतो : कार्यक्रममा राष्ट्रियताको कुरा उराले, भारतीय गाडी चढेर गन्तब्यतिर लागे !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मंगलबार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो विराटनगरमा थिए । उनी नेपाल पत्रकार महासंघको सभाहलमा भएको पत्रकार सम्मेलनमा सहभागी भए । त्यहाँ उनले राष्ट्रियताको धेरै प्रसंग उप्काए ।

कांग्रेस, एमाले र माओवादीका कारण देश बर्बाद भएको आरोप लगाए । अहिलेसम्म सातवटा संविधान बने पनि देश सबैको साझा हुन नसकेको दाबी गरे।

बिज्ञापन

जनताको भावना नसमेटिने संविधान बनेको तर ठूला दलले यसको जिम्मेवारी नलिएको बताए । पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाल साझा फूलबारी बनेको तर पछिल्लो कालखण्डमा भने दलले त्यो कायम गर्न नसकेको बताए ।

विविधताले भरिएको नेपालमा सबैलाई एउटै ढाँचामा अट्याउन खोजिएको भन्दै टिप्पणी गरे । त्यसपछि कार्यक्रम सकियो । उनी सभाहलबाट ओलिएर अनि भारतीय नम्बर प्लेटको गाडीतिर लम्किए । बिहार राज्यको नम्बर प्लेटमा जान लागेका महतोलाई फेरि पत्रकारले प्रश्न गरे अनि राष्ट्रियताको कुरा गर्नुभयो, किन भारतीय गाडी चढ्नु भएको ? महतोको जवाफ थियो के नेपालले गाडी बनाउन सकेको छ ? बनाएको छ ? भारतीय गाडी नचढेर कुन चढ्न् ? त्यसपछि उनी त्यही गाडीमा गन्तब्यतिर लम्किए ।

पत्रकार सम्मेलनमा राष्ट्रियता, पहिचान, संविधान र शासन प्रणालीको विषयमा धारिलो टिप्पणी गरेका महतो कार्यक्रम सकेर भारतीय गाडी चढेर बाहिरिए। जब पत्रकारले “राष्ट्रियताको कुरा गर्दै भारतीय गाडी किनरु” भनी प्रश्न गरे, उनले भने, “के नेपालले गाडी बनाएको छरु छैन भने चढ्नैपर्छ नि१”

महतोले नेपाल गरिब राष्ट्रको सूचीमा रहनु विडम्बना भएको भन्दै प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै युवाहरू विदेशिनु दुःखद भने। उनले अमेरिका र भारतको संविधानको उदाहरण दिँदै नेपालमा संविधान बनाउने तर आत्मसात नगर्ने प्रवृत्तिको आलोचना गरे।

“देश हिमाल, पहाड, तराई, मधेश सबैको हो। सबैको पहिचान स्वीकार नगरी साझा नेपाल बन्दैन,” भन्दै उनले समावेशी राष्ट्र निर्माणको आव्हान गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa