Premier Cables
Premier Steel

समाचार

इलाममा भेटियो ‘ब्लाक प्यान्थर’, उद्धार गरी कोशीटप्पु लगियो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | बिहान १०:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । इलामको सूर्योदय नगरपालिका–२, बागबिरेमा एक बाख्रा गोठभित्र फेला परेको कालो चितुवा इलाममा भेटियो ‘ब्लाक प्यान्थर’, उद्धार गरेर कोशीटप्पु लगियोको सफल उद्धार गरिएको छ। स्थानीय टंक काफ्लेको गोठमा रातिको समयमा पसेर चितुवाले दुई माउ बाख्रा र एउटा पाठीलाई आक्रमण गरी मारेपछि गोठमै बसिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

चितुवा देखेपछि स्थानीयवासीले तत्कालै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि डिभिजन वन कार्यालय इलामको समन्वयमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले चितुवाको उद्धार गरेको हो। उद्धारपछि उक्त चितुवालाई कोशीटप्पु नै लगिएको डिभिजनल वन अधिकृत वीरेन्द्र साहले जानकारी दिए।

बिज्ञापन

साहका अनुसार चितुवा देखिएको सूचना पाएपछि तत्काल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी दिइएको थियो।

इलामको सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा वन्यजन्तुले विगत लामो समयदेखि घरपालुवा जनावरहरूमा आक्रमण गर्दै आएको स्थानीयहरू बताउँछन्। वन्यजन्तुहरू बस्तीमा छिर्न थालेपछि मानिसहरू समेत त्रासमा छन्। सूर्योदय–२ का वडाध्यक्ष डिकबहादुर बम्जनले वन्यजन्तु आक्रमणको डरले स्थानीयहरू पीडित र असुरक्षित महसुस गरिरहेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa