२०८२ बैशाख २६, शुक्रबार
Premier Cables
Hamro Biratnagar Calendar बिहिबार, बैशाख २५, २०८२

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।

बिज्ञापन

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकोप्टरमा ६ यात्रु र एक पाइलट थिए ।

बिज्ञापन

एएनआईका अनुसार, अहमदाबादबाट चार्टड गरिएको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाबारे एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले अनुसन्धान गर्ने भएको छ ।एरो ट्रान्स सर्भिस प्राइभेट लिमिटेडको बेल ४०७ भीटी–ओएक्सएफ हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन् । दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement