Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङका सिडियोले पत्रकारलाई भिडियो खिच्न रोके ! (हेरौं भिडियो)

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines

विराटनगर। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् ।

आइतबार मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् ।

बिज्ञापन

स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ टेलिभिजनका मनोज भुजेल र पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै रोक लगाएका हुन् ।

रिपोर्टिङका लागि खबर पाएर पुगेका पत्रकारहरुले अनुगमनको भिडियो खिचिरहेका बेला प्रजिअ यादवले कुराकानीको “भिडियो नबनाउनु, भिडियो नबनाउनु” भन्दै रोक लगाएका हुन् । प्रजिअ यादवले भिडियो नबनाउनु भन्दै रोक लगाएपछि भिडियो खिच्न रोकेका पत्रकारहरुले अनुगमनको अन्त्यमा अनुगमनबाट के निश्कर्ष निस्कियो भनेर प्रश्न गरेर भिडियो रेकर्ड गर्न खोज्न प्रजिअ यादवले पुनः “भिडिय अ्या पहिले बोल्ने मान्छेलाई रेडि पार्नुपर्यो” भन्दै क्यामेरलाई हटाई दिएका थिए।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले सार्वजनिक स्थलमा भिडियो रिपोर्टिङ गरिरेहको अवस्थामा जनप्रतिनिधहरुको अगाडी प्रमुख जिल्ला अधिकारीले भिडियो खिच्न रोक लगाउँदै दुरव्यवहार गर्नु दुःखद भएको बताइन ।

यो कार्य सूचनाको हक सम्बन्धि ऐन र प्रेस स्वतन्त्रताको मर्म विपरित रहेकाले राज्यका निकायमा बसेकाहरुले यस्ता कार्यहरु सच्याउनुपर्ने उनको भनाइ छ । । पत्रकार निरौलाले प्रजिअ यादवले पहिलो परबाट किन भिडियो खिचेको तर पछि भनाई समेत दिन अस्वीकार गरेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka