Premier Cables
Premier Steel

मौसम

कोशीका केही भागमा मध्यम वर्षाको सम्भावना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | बिहान ७:५४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशका केही प्रदेशहरूमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विशेष गरी वाग्मती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बिज्ञापन

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ।

यसका साथै वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौं उपत्यकामा आज दिनभर बादल लाग्नेछ र दिउँसो १२ बजेपछि हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। उनले दिउँसो र राति दुवै समय काठमाडौंमा बादल रहने र हल्का वर्षा हुन सक्ने जानकारी दिइन्।

उनका अनुसार आज सुदूरपश्चिम प्रदेशमा अन्य स्थानहरूभन्दा धेरै वर्षा हुने सम्भावना छ। हिजो पनि सुदूरपश्चिमका केही स्थानहरूमा भारी वर्षा मापन गरिएको थियो।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। सुदूरपश्चिमका केही स्थानहरू, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एकदुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षा सम्भावना बढेको विभागले स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka