Premier Cables
Premier Steel

विराटनगर

एसएलसी ब्याच ०५३ समूह विराटनगरद्वारा वृद्धआश्रमलाई सहयोग

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सामाजिक सेवामा सक्रिय एएलसी ब्याच ०५३ समूहले विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

समूहले शनिबार एक कार्यक्रमको आयोजना गर्दै आश्रममा बसोबास गर्दै आएका वृद्धवृद्धाहरूलाई खाना खुवाउनुका साथै तन्ना, ऐना, नेल कटर लगायतका सामग्री वितरण गरेको हो।

बिज्ञापन

समूहका संयोजक सुमन अधिकारीका अनुसार कार्यक्रम अन्तर्गत आश्रममा रहेका ६५ जना वृद्धवृद्धालाई सेवा दिइएको हो। उनले बताए अनुसार यो सहयोग समूहले मासिक रूपमा संकलन गर्दै आएको रकमबाट गरिएको हो।

“हामीले केही दिन अघि आश्रम पुगेर आवश्यक सामग्रीबारे जानकारी लिएका थियौं,” संयोजक अधिकारीले बताए, “आश्रमका सञ्चालक जगत अर्यालज्यूले ओछ्यानमा लगाउने तन्ना, नेल कटर र ऐनाको आवश्यकता रहेको जानकारी दिनुभयो। सोही अनुसार ७० थान तन्ना, एक दर्जन काइयो, एक दर्जन नेल कटर र २ थान ऐना हस्तान्तरण गरेका हौं।”

उनले एएलसी ब्याच ०५३ का साथीहरू सामाजिक उत्तरदायित्वको भावना बोकी विराटनगरमा सकारात्मक कार्य गर्ने उद्देश्यसहित सामाजिक सेवा गतिविधिमा जुटेको पनि बताए।

समूहले यस पटक करिब ३५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको जनाएको छ। वृद्धाश्रमका सञ्चालकले पनि समयमै प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा राखेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka