Premier Cables
Premier Steel

समाचार

मोरङको डंग्राह बेस-क्याम्प नजिकै महिलाको शव फेला

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको बुढीगंगामा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ः३० बजे बुढीगंगा गाउँपालिका–७ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा शव भेटिएको हो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले करिब ३०–३२ वर्षकी महिलाको शव फेला परे पनि पहिचान खुल्न नसकेको जानकारी दिइन्।

बिज्ञापन

‘नहरमा शव बगाउँदै ल्याइरहेको सूचना पाएलगत्तै प्रहरी चौकी कोयलपुरबाट टोली पुगेको थियो। बाहिर निकालेपछि महिलाको मृत्यु भइसकेको पुष्टि भयो तर उनको पहिचान भने अझै खुलेको छैन,’ डीएसपी चुँडालले भनिन्। उनका अनुसार मृतकको हुलिया सबै क्षेत्रमा परिपत्र गरिएको छ र पहिचानका लागि प्रयास भइरहेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka