Premier Cables

विराटनगर

रथयात्राका क्रममा ५३ पुरुष, ४ महिला प्रहरीको नियन्त्रणमा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०२, २०८२  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका अवसरमा आइतबार विराटनगरमा प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ।

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, रथयात्रामा भीडभाडको मौका छोपेर शंकास्पद तथा अवाञ्छित गतिविधि गर्न खोज्नेहरूलाई नियन्त्रणमा लिइएको हो। चोरी र पकेटमारीमा संलग्न हुनसक्ने आशंकामा केहीलाई अनुसन्धानको दायरामा ल्याइएको उनले जानकारी दिए।

विज्ञापन

प्रहरीले नियन्त्रणमा लिएका ५७ जनामध्ये ५३ जना पुरुष र ४ जना महिला छन्। महिला चारै जनालाई आइतबार राति नै छोडिएको भए पनि पुरुषहरू हालसम्म प्रहरी नियन्त्रणमै छन्।

एसपी चिमरियाका अनुसार, नियन्त्रणमा परेकाहरूको साथबाट केही मोबाइल पनि बरामद गरिएको छ। “उनीहरूको स्क्रिनिङ भइरहेको छ। विगतमा कुनै आपराधिक गतिविधिमा संलग्न थिए कि भनेर अनुसन्धान गरिँदैछ। सबै विवरण प्राप्त भएपछि उनीहरूलाई छाड्ने वा थप कारबाही गर्ने निर्णय गरिनेछ,” उनले भने।

रथयात्राको क्रममा हालसम्म सुनका ५ वटा सिक्री र ९ वटा मोबाइल चोरी भएको उजुरी प्रहरीमा प्राप्त भइसकेको छ। चोरीका सम्बन्धमा उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

एसपी चिमरियाले रथयात्रा हजारौं भक्तजनको सहभागितामा भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए। “उच्छृङ्खल, शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरूलाई मात्र नियन्त्रणमा लिइएको हो। अन्य कुनै ठूला समस्या आएन। शान्ति सुरक्षा सुदृढ गरिएको थियो,” उनले भने।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka