Premier Cables

विराटनगर

विराटनगरमा आज कहाँ कुन सडकमा सवारी चलाउन पाइने छैन् ? हेर्नुहोस पूर्ण विवरण

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १२:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्ण रथयात्राको मुख्य रुटमा सवारी साधन संचालन गर्न ट्राफिक प्रहरीले रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले डाइभर्ट गरिएका सवारी साधनलाई व्ययवस्थित गर्न ठाउँ ठाउँमा ठूलो संख्यामा ट्राफिक प्रहरी कार्यालयबाट खटिएको जानकारी दिएका छन् । उनले भने,‘सवारी आवागमनको निगरानी समेत हुने छ ।’

विज्ञापन

सवारी आवागमन व्यवस्थापन कार्यनीति अनुसार भिडभाड हुनसक्ने स्थानबाट सवारी डाइभर्ट गरेर मात्र संचालन गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । यसका लागि विशेष बाईपास रुट तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।

दिउँसो २ बजेदेखि तीनपैनी र बजार क्षेत्रको मेनरोडमा सवारी साधनको प्रवेश पूर्णत निषेध गरिनेछ। त्यसपछि कोशी राजमार्गलाई साँझ ४ बजेबाट क्रमशः खाली गरिँदै लगिनेछ। यद्यपि यात्रुबस र साना सवारीका हकमा साँझ ६ बजेसम्म राजमार्गमा चल्ने छन् । मालवाहक ट्रकहरूलाई भने पूर्वनिर्धारित स्थानहरूमा होल्ड गरेर राखिने प्रहरीको भनाइ छ ।

प्रमुख ट्राफिक व्यवस्थापन योजना

नाकाबाट आउने मालवाहक ट्रकहरू: जतुवा नहरभन्दा दक्षिणतर्फको सडकमा रोक्ने व्यवस्था।

साना चारपाङ्ग्रे र मोटरसाइकलहरू: जतुवा नहरको पश्चिमतर्फ बाईपास गरी कन्चनबारी हुँदै गन्तव्यतर्फ लैजाने।

कन्चनबारी–ठूलो मिल–भट्टी मोड–हाटखोला मार्ग: वैकल्पिक बाईपास रुटको रूपमा प्रयोग हुनेछ।

रंगेलीबाट आउने मालवाहक र यात्रुबसहरू: कटहरीमै होल्ड गरिनेछ।

रंगेलीबाट आउने साना सवारीहरू: देवकोटाचोकबाट उत्तरतर्फ अदालत हुँदै, शहीद रंगशाला क्षेत्रको बाहिरी परिधि प्रयोग गर्न सक्नेछन्। दक्षिणतर्फ भने देवकोटा चोक हुँदै यात्रा गर्न सकिनेछ।

राजमार्ग पूर्णरूपमा निषेधित हुने समय

साँझ ६ बजेदेखि ८ बजेसम्म राजमार्ग क्षेत्रमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिनेछ। ट्राफिक चौक हुँदै रथ रोडशेषचौकतर्फ गइसकेपछि मात्रै राजमार्गमा सवारी पुनः सञ्चालनमा ल्याइनेछ।

दिउँसैदेखि राजमार्ग अवरुद्ध गर्दा सवारीहरू बाईपासमा जाममा पर्ने र यात्रुहरू गन्तव्यमा नपुग्ने अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो रणनीति अपनाइएको ट्राफिक कार्यालयले जनाएको छ।

वैकल्पिक रुटहरू

यात्रुबस: साँझ ६ बजेपछि कन्चनबारी पश्चिम नहरबाट दक्षिणतर्फ झरेर पिचरा बसपार्कतर्फ गन्तव्य तय गर्न सकिने।

साना सवारी: बरगाछी, राधारमण मन्दिर हुँदै दक्षिण बसपार्क, घाँसचोक र मोती भवन पश्चिमको रुट प्रयोग गर्न सक्ने।

मुख्यमन्त्री कार्यालय क्षेत्र: दक्षिण–पूर्वतर्फ सोमबारे हाट हुँदै बजार र हाटखोलातर्फ सवारी जान सक्ने व्यवस्था गरिएको छ।

जिल्ला ट्राफिक प्रहरीले सर्वसाधारण तथा सवारी चालकहरूलाई निर्धारित मार्ग अनुसार आवागमन गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka