Premier Cables
Premier Steel

विराटनगर

नयाँ रथ प्रजिअ यादवद्वारा निरीक्षण, सुरक्षा प्रबन्धबारे छलफल (तस्बिरहरू)

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | बिहान १०:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्ण मन्दिर परिसरमा निर्माणाधीन निर्माणाधीन नयाँ रथको निरीक्षण तथा अवलोकन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा निकायका उच्च अधिकारीहरू र मन्दिर कार्यसमितिका पदाधिकारीहरूको संयुक्त टोलीले स्थल निरीक्षण गरेका हुन । यस क्रममा प्रजिअ यादवले रथयात्राको तयारीको प्रगतिबारे जानकारी लिएका थिए ।

बिज्ञापन

मूल आयोजक समितिका सचिव कृष्ण कार्कीले तयारीबारे सुरक्षा निकायलाई जानकारी गराएका थिए । यस क्रममा अपनाउनु पर्ने सुरक्षाको विषयमा समेत छलफल भएको कार्कीले जानकारी दिएका छन् ।

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारीसँगै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, शिवदल गण र थलाहा बारेक मोरङका प्रमुखहरू सहभागी थिए। साथै, सहायक प्रमुख जिल्ला अधिकारीहरू, मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी र सचिव कृष्ण बहादुर कार्की पनि टोलीमा सहभागी थिए।

टोलीले रथ निर्माणको प्राविधिक पक्ष, सुरक्षाको व्यवस्था तथा आयोजनाको समग्र तयारीबारे जानकारी लिएको थियो। रथ निर्माणको कार्य निर्धारित मापदण्डअनुसार अगाडि बढिरहेको तथा आवश्यक सुरक्षा र प्रशासनिक समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको जनाइएको छ।

सम्बन्धित निकायहरूबीच सहकार्य र समन्वयमा निर्माण कार्य सम्पन्न गर्ने र रथ यात्राको अवसरमा कानून व्यवस्था तथा सुरक्षा अवस्थालाई मजबुत बनाउने प्रतिबद्धता समेत जनाइएको छ। जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिएको छ । अब रथायात्रा आउन तीन दिन बाँकी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka