Premier Cables
Premier Steel

विराटनगर

रुख काटिएको जिम्मेवारी प्राधिकरणले लियो

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १:४० बजे

विराटनगर । विराटनगरको सत्यनारायण मन्दिर अगाडिको ९० वर्ष पुरानो पिपलको रुख काटिएको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिएको छ । रथयात्राका क्रममा अवरोध हुने भएपछि त्यहाँको रुख कटान गरिएपछि अभियानकर्मील यसको चर्को आलोचना गरेका थिए ।

रुख काटिएको विषयमा सोमबार नै अभियानकर्मीहरुको एक टोलीले नेपाल विद्युत प्राधिकरण विराटनगरका प्रमुखलाई ज्ञापन पत्र दिएको थियो ।

बिज्ञापन

रुख जोगाउने अभियन्तामा खटिएका पारुल क्षेत्रीसहितको टोलीले सोमबार रुख क्षेत्रमै क्षमापूजा समेत गरेका थिए । गो ग्रिनका अभियानकर्मी उत्तम दाहाल, सुधिर दुलाल, देवचन्द्र घिमिरे,महेश कुमार चापागाईं, सुशील केसीलगायतले विभिन्न सरकारी निकायमा पुगेर ध्यानकर्षण गरेका थिए ।

रुख काटिनु उचित नभएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिकाका मेयर र जिल्ला वन कार्यालय मोरङका प्रमुखको समेत ध्यानाकर्षण गरिएको थियो । त्यस क्रममा प्राधिकरणले रुख पूरै ढाल्ने तयारी नभएको तर हाँगाबिगामात्र छिमोल्ने योजना रहेको जानकारी दिइएको एक अभियानकर्मीले बताए ।

अभियानकर्मीले सोमबार क्षमापूजा समेत गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka