Premier Cables
Premier Steel

समाचार

फोनिजको २६औं स्थापना दिवस : वेबसाइट शुभारम्भ, पत्रकारलाई सम्मान

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | साँझ ५:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २६औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमसहित नयाँ वेबसाइट सार्वजनिक गर्दै वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ।

विराटनगरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागिता जनाएका थिए। कार्यक्रमको प्रारम्भमा मेयर कोइरालाले परम्परागत शैलीमा फूलको गमलामा पानी हालेर उद्घाटन गरे। त्यसपछि उनले फोनिजको नयाँ वेबसाइटमा क्लिक गरी यसको औपचारिक शुभारम्भ गरे।

बिज्ञापन

कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्वर्गीय कृष्ण देवानको स्मृतिमा स्थापना गरिएको “कृष्ण देवान स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरिएको थियो। देवानकी धर्मपत्नी धनमायाँ देवानको हातबाट फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्मेली राईलाई उक्त पुरस्कार प्रदान गरिएको हो। सम्मानसहित प्रदान गरिने यो पुरस्कारमा ८,१०५ रुपैयाँ राशी रहेको छ।

फोनिजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि अर्जुन जम्मेली राई, हिमालय दर्शन कलेजका प्रमुख भारत सापकोटा, पत्रकार भक्तासेर लिम्बू, सुजाता लिम्बू, प्रहरी निरीक्षक कविन राई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संघको स्थापनाको २६औं वर्षमा आयोजित यस कार्यक्रमलाई आदिवासी जनजातिका पत्रकारहरूको हकहित र सशक्तिकरणतर्फ एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आयोजकहरूका अनुसार, वेबसाइट शुभारम्भसँगै सञ्चार माध्यममा आदिवासी जनजातिको उपस्थिति थप मजबुत हुने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa