Premier Cables
Premier Steel

विराटनगर

बन्धुहरूको कुलपूजाका लागि कमलराज दाहालद्वारा डेढ करोड बराबरको जग्गादान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । संखुवासभाको साविक मादी विर्ताका प्रतिष्ठित व्यक्तित्व श्रीप्रसाद दाहालका नाती तथा समाजसेवी दिव्यराज दाहालका कान्छा छोरा विराटनगर–२, मुनालपथ निवासी कमलराज दाहाल र शारदा दाहालले दाहाल समुदायका लागि उल्लेखनीय योगदान गरेका छन् ।

उनीहरूले विराटनगर महानगरपालिका–४ मा रहेको करिब १ करोड ५० लाख रुपैयाँ बराबरको १ कट्ठा १२ धुर जग्गा निःशुल्क दान गरी, दाहाल बन्धुहरूको कुलपूजा (देवाली) स्थायी रूपमा आयोजना गर्न मिल्ने व्यवस्था मिलाएका हुन । यस जग्गा दाहाल प्रतिष्ठान शाखा समिति, विराटनगरको नाममा कानुनी रूपमा रजिष्ट्रेशन समेत सम्पन्न भइसकेको छ।

यस ऐतिहासिक योगदानले अबदेखि हरेक वर्ष आयोजना हुने कुलपूजा आफ्नै जग्गामा स्थायी संरचना निर्माण गरी गरिने बताइएको छ। आगामी फागुन महिनामा पहिलो पटक यस स्थानमा कुलपूजा आयोजना गरिने र त्यसको तयारीस्वरूप कार्तिक महिनादेखि सबै बन्धुहरूको लागत सहभागितामा संरचना निर्माण सुरु गरिने जानकारी दिइएको छ।

सोही सन्दर्भमा दाहाल प्रतिष्ठानका निवर्तमान राष्ट्रिय अध्यक्ष शालिग्राम दाहाल, कोषराज दाहाल, रामकुमार दाहाल, राजेशचन्द्र दाहाल (जसले रजिष्ट्रेशन प्रक्रियामा अहोरात्र खटिनुभयो), सुरेश दाहाल र रोशन दाहाल सहितको टोलीले दिव्य कुञ्ज निवासमा पुगेर कमलराज र शारदा दाहाललाई बधाई, आभार र सम्मान प्रकट गरेका छन्।

यस अद्वितीय दान कार्यप्रति सबै दाहाल बन्धुहरू गर्व, सम्मान र कृतज्ञता प्रकट गर्दै कुलदेवताबाट कमलराज दाहाल दम्पतीको सुख, समृद्धि र शान्तिको कामना गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka