Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगरमा इन्डियन एमड्मिसन एक्स्पो भोलि, विद्यार्थीलाई यस्ता छन् सुविधा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । शिक्षा र करियरका क्षेत्रमा आएको तीव्र परिवर्तन तथा नयाँ पुस्ताका लागि विकसित भइरहेका अवसरबारे विद्यार्थी र अभिभावकलाई जानकारी दिन विराटनगरमा भारतीय प्रवेश प्रदर्शनी (Indian Admission Expo) आयोजना हुने भएको छ।

एकै छानामुनि भारतभरका २४ अग्रणी शैक्षिक संस्था तथा विश्वविद्यालय सहभागी हुने यस प्रदर्शनीमा उच्च शिक्षाका विस्तृत पाठ्यक्रमहरूबारे जानकारी उपलब्ध गराइनेछ। सहभागी संस्थाका निर्देशक, प्रिन्सिपल तथा प्राध्यापकहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष मार्गदर्शन गर्नेछन्।

मेलामा स्नातकदेखि स्नातकोत्तर तहसम्मका परम्परागत, व्यावसायिक र रोजगारमुखी पाठ्यक्रमका साथै इन्जिनियरिङ, मेडिकल, पैरामेडिकल, डेन्टल, एमबीए, होटल म्यानेजमेन्ट, एनीमेशन, कम्प्युटर साइन्स, फेशन टेक्नोलोजी, एरोनोटिकल, मरीन, न्युक्लियर साइन्स, बायोटेक लगायतका विषयका अवसरहरूबारे जानकारी पाइनेछ।

विद्यार्थीहरूले संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरी छात्रवृत्ति अवसरबारे पनि थाहा पाउनेछन्। प्रवेश पूर्ण रूपमा निःशुल्क रहने मेलामा सहभागिहरूका लागि इयरबड्स, स्मार्ट मोबाइल फोनलगायतका आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

कार्यक्रम विवरण

मिति: २०८२ साउन २६ (सोमबार)

स्थान: होटल नमस्कार रेजेन्सी, विराटनगर

प्रवेश: निःशुल्क

आयोजकका अनुसार, यो प्रदर्शनी विद्यार्थी समुदायका लागि करियर समाधानको ‘वन–स्टप’ प्लेटफर्म बन्नेछ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka