Premier Cables

समाचार

पत्रकार महिलाको क्षमता बढाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न २:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताएका छन् । पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन आवश्यक रहेको उनको जोड छ ।

बुधबार सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म पत्रकार महिलाहरूको हितमा काम गर्ने जनाए ।

विज्ञापन

प्रदेश सरकारले कानुनमार्फत बनाउन लागेको पत्रकारिता प्रतिष्ठानले पनि पत्रकारको हितमा काम गर्ने सोचाई रहेको सुनाए ।

लैङ्गिकमैत्री कानुन बनाउन र महिलाहरूलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न हुने विश्वास दिलाए । प्रदेश सरकार‌ सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

संचारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाहरूका विविध विषय समेटेर ज्ञापनपत्र बुझाइन । त्यस अवसरमा संचारिका समूहका प्रदेशस्थित पदाधिकारी पनि सहभागी थिए ।

Biratnagar News Channel

Hamrobiratnagar

Biratnagar News Channel

Hamrobiratnagar

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka