Premier Cables

अपराध

मोरङको पथरीबाट जरायोका सिङसहित दुई जना पक्राउ

Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न २:१० बजे

विराटनगर । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं २ स्थित सरस्वती टोलबाट जरायोको सिङ बरामद भएको छ ।

सोही ठाउँ बस्ने वर्ष ३१ को निरज गुरुङको घरमा जरायोको सिंगहरु लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले घरकोठामा कानूनी रितपूर्वक खानतलासी तथा बरामदी गरेको जनाइएको छ । जरायोको सिङ तीन जोर (६ वटा) फेला पारिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

त्यस क्रममा पथरिशनिश्चरे नपा वडा नं २ बस्ने लक्ष्मण गुरुङको छोरा वर्ष ३१ को निरज गुरुङ, सोही ठाउँका तिलक बहादुर राईको छोरा वर्ष २४ को विजय राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्त बहादुर सुनारले बताएका छन् ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka