Premier Cables
Premier Steel

राजनीति

नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २२, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन नदिने बताउनुभएको छ । उहाँले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । सभापति देउवाले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट समेत पार्नुभयो ।

उहाँले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैं मजबुत रहेको बताउनुभयो। पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। दुई मुलुकबीच समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो , ‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ। चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ। प्रदर्शनीले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै मुलुकको सम्बन्धलाई थप उचाइमा लैजाने विश्वास छ ।’उहाँले भन्नुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka