Premier Cables

मनोरञ्जन विराटनगर

विराटनगरकाे अनन्तम् ब्याण्डको पहिलो म्युजिक भिडियो ‘भुल्दिन होला’ सार्वजनिक

Calendar शनिबार, साउन १७, २०८२  | साँझ ७:०६ बजे

विराटनगर । नेपाली संगीत क्षेत्रमा नयाँ योगदानसहित उदाउँदै गरेको विराटनगरकाे अनन्तम् ब्याण्ड ले आफ्नो पहिलो म्युजिक भिडियो ‘भुल्दिन होला’ सार्वजनिक गरेको छ। यो गीतले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई मनछुने शैलीमा प्रस्तुत गरेको छ।

भिडियोमा प्रेमका लागि आत्मसमर्पण गर्ने तर कर्तव्यका अगाडि झुक्न बाध्य हुने पात्रहरूको कथा देखाइएको छ। गीतले एक युवक र युवतीको दुई फरक दृष्टिकोणबाट कथा अगाडि बढाउँछ, जसले प्रेममा गरिएको त्याग र समर्पणलाई उजागर गर्छ।

बिज्ञापन

भिडियो मन्दिप शाहको निर्देशनमा तयार गरिएको हो भने छायांकन र सम्पादन रितिक शाहले गरेका छन्।

अनन्तम् ब्याण्डको यो पहिलो प्रस्तुति भए पनि गीतको भाव, संगीत संयोजन र कथावाचनले दर्शकको मन छुने अपेक्षा गरिएको छ। भिडियोलाई सामाजिक सञ्जालमा #BhuldinaHola #THEANANTAM #nepalimusic #rockandroll ह्यासट्यागमार्फत प्रवर्द्धन गरिएको छ।

यस म्युजिक भिडियोमार्फत ब्याण्डले आफूहरूलाई नेपाली रक संगीतमा सशक्त रुपमा प्रस्तुत गर्ने संकेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka