Premier Cables

खेलकुद

एनपीएलको पहिलो संस्करणबाट रु.२ करोड ४६ लाख‌ नाफा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | राती ९:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ खुद नाफा कमाएको छ।

क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै लिगको आय-व्यय विवरण सार्वजनिक गरेको हो।

विज्ञापन

बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकपछि सार्वजनिक गरिएको विवरणअनुसार, एनपीएलको पहिलो संस्करणमा कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको थियो। प्रतियोगिता सञ्चालनका लागि भने कुल २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको देखाइएको छ।

कुल खर्च कटाएर बाँकी रहेको नाफाबाट राजस्व बाँडफाँड गरिएको थियो। जसअनुसार, प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीलाई ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ वितरण गरिएको छ। त्यसैगरी, प्रदेश क्रिकेट संघहरूको विकासका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ।

फ्रेन्चाइज टोली र प्रदेशलाई राजस्व बाँडफाँड गरेपछि क्यानको खातामा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा बचेको हो।

एनपीएलको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको उक्त आय-व्यय प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिको बैठकले थप अध्ययन गरी आगामी बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka