Premier Cables

खेलकुद

एनपीएल ट्रफी प्रदर्शन पहिले विराटनगरमा त्यपछि अन्यत्र

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान १०:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग ९एनपीएल० को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ। क्यान र विराटनगर किंग्सको सहकार्यमा भदौ २१ देखि २३ गतेसम्म कोशी प्रदेशका विभिन्न शहरहरूमा ट्रफी प्रदर्शन गरिनेछ।

भदौ २१ गते विराटनगरमा हुने ट्रफी टुर कार्यक्रममा विशेष सांगीतिक कन्सर्टको आयोजना हुनेछ, जसमा गायक नितेश जंग कुवरले प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ।

विज्ञापन

विराटनगर किंग्सले “कोशीको शान, हाम्रो पहिचान” नारासहित यसपटक कोशी प्रदेशको प्रतिनिधित्व गर्दैछ। टिमले सबै समर्थकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

क्यानका अनुसार, यस वर्षको एनपीएलमा आठ टिम सहभागी हुनेछन् र प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म चल्नेछ। दोस्रो संस्करणका केही खेलहरू रातिमा पनि आयोजना हुनेछन्। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराएर उपाधि जितेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka