Premier Cables
Premier Steel

समाचार

प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रममार्फत पदोन्नति भएका प्राविधिक प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

मानवश्रोत तथा कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार प्राविधिक प्रहरी नायब निरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षकबाट नायब निरीक्षक, र प्राविधिक प्रहरी सहायक हवल्दारबाट हवल्दार पदमा पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

बिज्ञापन

कार्यक्रममा वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नति भएका प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै उनीहरूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ उत्कृष्ट ढंगले निर्वाह गर्न निर्देशन दिएका थिए।

सो कार्यक्रममा प्रहरी उपरीक्षक दीपक पोखरेल, आ. प्रहरी उपरीक्षक हरी डंगोल, अन्य वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka