Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

पहिलो पटक भेटियो तारा वरिपरि घुम्दै बन्दै गरेको नयाँ ग्रह

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वैज्ञानिकहरूले पहिलो पटक एउटा ग्रहलाई त्यसको जन्मस्थलजस्तै देखिने धुलो र ग्यासको सर्पिल संरचना (स्पाइरल आर्म) भित्रै पत्ता लगाएका छन्। उक्त खोजले ग्रहहरू कसरी निर्माण हुन्छन् भन्ने बुझाइमा एक ठूलो छलाङ मारेको वैज्ञानिकहरू बताउँछन्।

खगोलशास्त्रीहरूले HD 135344B नामक जवान ताराको वरिपरि घुमिरहेको प्रोटोप्लानेटरी डिस्क (ग्रह बन्ने प्रारम्भिक ग्यास र धुलोको घुम्ती संरचना) भित्र सो ग्रहलाई पत्ता लगाएका हुन्। यो ग्रह अहिले पनि ताराबाट करिब ३० खगोलिय इकाई (AU) दूरीमा, नेप्च्युन जति टाढा अवस्थित छ र यसको आकार बृहस्पति ग्रहको दुगुना रहेको अनुमान गरिएको छ।

बिज्ञापन

यसअघि, यस्ता डिस्कमा देखिने सर्पिल संरचनाहरू ग्रहहरूको प्रभावले निर्माण भएको हुन सक्ने आशंका गरिन्थ्यो। तर, यो नै पहिलो पटक सीधा ग्रहकै उपस्थितिको प्रमाण फेला परेको हो।

नयाँ उपकरणले सफलता
यो महत्त्वपूर्ण खोज सम्भव भएको हो युरोपियन साउर्न अब्जर्भेटरी (ESO) अन्तर्गत चिलीमा रहेको भेरी लार्ज टेलिस्कोप (VLT) मा जडान गरिएको नयाँ उपकरण ERIS (Enhanced Resolution Imager and Spectrograph) को प्रयोगबाट यसअघि, सोही ताराको डिस्कमा SPHERE उपकरणले सर्पिल संरचना देखाएको भए पनि त्यहाँ ग्रह भएको स्पष्ट प्रमाण फेला परेको थिएन। तर, ERIS ले सिधै ग्रहबाट आएको संकेत देखाएको छ।

“हामीले धेरैपटक ग्रहहरूबारे परोक्ष प्रमाणहरू देखेका थियौं, तर यहाँ हामीले सिधै त्यस ग्रहको संकेत पाएका छौं,” अनुसन्धानको नेतृत्व गरेका इटालीको फ्लोरेन्स विश्वविद्यालयका फ्रान्चेस्को मायो भन्छन्।


वास्तविक समयमा ग्रह निर्माण हेर्ने दुर्लभ अवसर

वैज्ञानिकहरूका अनुसार, यो ग्रह अझै पनि त्यसै घुमिरहेको धुलो र ग्यासको डिस्कमा लुकेको छ, र सक्रिय रूपमा त्यही डिस्कलाई आकार दिइरहेको छ।

“हामी पृथ्वीको निर्माण कहिल्यै प्रत्यक्ष रूपमा देख्न सक्दैनौं, तर यहाँ ४४० प्रकाश वर्ष टाढा रहेको ताराको वरिपरि सम्भवतः नयाँ ग्रहको जन्म प्रत्यक्ष हेर्न पाइरहेका छौं,” मायोले भने।

ERIS उपकरणले अर्काे ऐतिहासिक खोजमा पनि सहयोग पुर्‍याएको छ। वैज्ञानिकहरूले V960 Mon नामक अर्को युवा ताराको वरिपरि पनि प्रोटोप्लानेटरी डिस्कभित्र एउटा अज्ञात वस्तु फेला पारेका छन्, जुन ब्राउन ड्वार्फ (न त पुरा तारा न त पुरा ग्रह) हुन सक्ने अनुमान गरिएको छ। यो तारा पृथ्वीबाट ५,००० प्रकाश वर्ष टाढा Monoceros तारामण्डलमा अवस्थित छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa