Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

वैद्यनाथधाम जाँदै गर्दा बस र ट्रक ठोक्किँदा १८ कावंडियाको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झारखण्ड । भारतको झारखण्ड राज्यस्थित देवघरमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ।

घटना मंगलबार बिहान भएको हो। दुर्घटनामा दर्जनौँ भक्तजन घाइते भएका छन्, जसको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

बिज्ञापन

दुर्घटना श्रावण महिनाको अवसरमा कांवड़ यात्रामा निस्केका भक्तजन सवार बस र ट्रकबीच भएको थियो। यात्राको क्रममा तीर्थयात्रीहरू वैद्यनाथधाम मन्दिर जाँदै थिए।

झारखण्डको देवघर क्षेत्रबाट निर्वाचित भाजपा सांसद निशिकान्त दुबेले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मार्फत १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनले लेखेका छन्, “मेरो लोकसभा निर्वाचन क्षेत्र देवघरमा कांवड़ यात्राका क्रममा बस र ट्रक ठोक्किँदा १८ भक्तजनको निधन भएको खबरले म अत्यन्त दुःखी छु। बाबा वैद्यनाथले मृतकका परिवारजनलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान गरून्।”

स्थानीय प्रहरी र प्रशासनको टोली उद्धार कार्यमा खटिएको छ। घटनाको कारणबारे अनुसन्धान थालिएको छ भने दुर्घटनास्थलमा जाम हटाएर सडक खुला गर्ने प्रयास जारी छ।

देवघरस्थित वैद्यनाथधाम मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो, जहाँ श्रावण महिनामा लाखौँ भक्तजन कांवड़ यात्रा गर्ने परम्परा रहिआएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa