Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा : खास छ यो पटक !

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको रथयात्रा यस पटक थप विशेष हुने भएको छ । यस पटक विराटनगरबासीले नयाँ निर्माण रथ तान्न पाउने भएका छन् ।

रथयात्राको तयारीबारे आयोजकले सोमबार पत्रकार सम्मेलन गरी विस्कृत जानकारी गराएका छन् । राधाकृष्ण रथयात्रा विराटनगरमा विशेष उत्सव मान्ने गरिएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट (भदौ १ गते) रथयात्रा निकाल्ने गरिएको छ ।
आयोजकका अनुसार नयाँ रथको उचाई २१ फिट ३ ईन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग ८ फिट रहेको छ ।

विज्ञापन

रथको अग्रभाग जुआबाट १६५ फिट लम्बाईको डोरी दायाँ र त्यति नै बायाँ पट्टि फैलिएको छ । रथ पेगोडा शैलीमा बनाईको छ ।

जसलाई दायाँ पट्ट्िको लट्ठामा पुरूष भक्तजन र बायॉपट्टिको लट्ठामा महिला भक्तजनहरूले लड्ठा समाई रथ तान्न सक्छन् । मध्यभागमा युगलजोडी भगवान् श्रीराधाकृष्णलाई आरोहण गराई ४ जना पंडितजीको समुह, प्राविधिक १ जना, कमिटिको तर्फबाट १ जना गरी ७ जना रथमा रहने छन् । अग्रभागमा विभिन्तन जातजाति, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेगमीले जानकारी दिए । उनले भने,‘‘जसले गरिव ३ किलोमिटरको लम्वाई ओगटने छ ।’’

छिमेकी राष्ट्र भारतबाट आएका तथा नेपालका कारिगरले धमाधम रथ निर्माण गरिरहेका छन् । यो पटक रथको रंग काठ रंगको हुने छ ।

यस्तो छ विगत
साम्प्रदायिक सद्भावको प्रतिकको रूपमा स्थापित भएको छ।मन्दिर स्थापना सँगे वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरोहण गराई ‘खटयात्रा’ शुरु भएको थियो । २०२५ सालबाट स्व. भूपालमान सिंह कार्की एवम् स्व. सत्यनारायण धनावतद्वारा भव्य एवम् विशाल रथको निर्माण गरेका थिए ।

महोत्सवमा नेपाल र भारतका सबै जाति, वर्ण र लिङ्Þका गरि करिब ५ लाख श्रद्वालु भक्तजनहरूले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ ।

४४ स्थानमा हुने छ विश्राम
रथयात्रा तीनपैनी मन्दिरबाट प्रारम्भ भई मेनरोड, ट्राफिक चोक, रोडशेष हुँदे महेन्द्रचोक, धरान रोड, वरगाछी, दुर्गा चौक हुँदे पुनः मन्दिर परिसरमा आई पुग्दा जम्मा ४४ स्थानमा विश्राम गर्दे ९ किलोमिटरको दुरी ६ घण्टाको समयावधिमा तय गर्नेछ ।
रथयात्रा कार्यसमितिका अध्यक्ष कैलाश रेगमीज्यूको अध्यक्षतामा १००१ सदस्यीय मूल समारोह समिति गठन गरी समिति मातहत निम्न १६ वटा उपसमितिहरू गठन भएका छन् । रथयात्रा मध्यान्ह ३ बजेबाट शुरु हुने छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka