Premier Cables
Premier Steel

खेलकुद

इङ्ग्ल्यान्ड युरो २०२५ विजेता, पेनाल्टीमा स्पेन ३-१ ले पराजित

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

स्विट्जरल्याण्ड । इङ्ग्ल्यान्डले युरो २०२५ महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्दै गत संस्करणको उपाधि सफलतापूर्वक जोगाएको छ। आइतबार राति स्विजरल्याण्डको बासेलमा सम्पन्न रोमाञ्चक फाइनलमा इङ्ग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै उपाधि उचालेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।

स्पेनले खेलको अधिकांश समय बल नियन्त्रणमा राख्दै दबाब सिर्जना गरेको थियो। खेलको २५औं मिनेटमा ओना बटलेको क्रसमा इङ्ग्ल्यान्डको डिफेन्स गल्ती गर्दा मरिओना काल्डेन्टेले हेडमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्।

बिज्ञापन

इङ्ग्ल्यान्डका लागि खेल शुरुमा केही कठिन बनेको थियो, विशेष गरी स्टार खेलाडी लरेन जेम्सको खुट्टाको चोटले उनी मैदानमा प्रभाव जमाउन नसक्दा। तर प्रशिक्षक सरिना विगम्यानले पहिलो हाफको अन्त्यतिर क्लोए केलीलाई मैदानमा पठाए, र यही निर्णय खेलको निर्णायक मोड सावित भयो।

केलीले इङ्ग्ल्यान्डको कमजोर देखिएको बाँया पाटी सम्हाल्नुका साथै ५७औं मिनेटमा एलेसिया रुसोलाई इञ्च-परफेक्ट क्रस दिँदै गोलको अवसर सिर्जना गरिन्। रुसोले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन्।

स्पेनले पुनः अग्रता लिन निरन्तर प्रयास गरिरह्यो, तर इङ्ग्ल्यान्डको डिफेन्सले थप गोल हुन दिएन। अतिरिक्त समयमा पनि स्पेनले आक्रमण जारी राखे पनि गोल गर्न असफल रह्यो।

पेनाल्टी सुटआउटमा स्पेनका लागि क्याटालिना कोलले पहिलो प्रहारमा बेथ मीडको प्रहार रोकेर शानदार सुरुवात गरेकी थिइन्। तर इङ्ग्ल्यान्डका गोलकिपर हाना ह्याम्प्टनले काल्डेन्टे र आइतान बोनमतीका प्रहारहरू रोक्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाइन्।

कोलले पछि लिआ विलियमसनको प्रहार रोक्दै स्पेनलाई फेरि खेलमा फर्काउने प्रयास गरिन्, तर प्रतिस्थापन खेलाडी सल्मा परालुएलोले आफ्नो प्रहार चुकाउँदै गोल पोस्टको बाहिर पठाइन्।

त्यसपछि क्लोए केलीले निर्णायक पेनाल्टी गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरिन्। उनले सन् २०२२ मा वेम्बलीमा सम्पन्न फाइनलमा पनि अतिरिक्त समयमा निर्णायक गोल गर्दै उपाधि जिताएकी थिइन्।

उल्लेखनीय कुरा के छ भने, पूरै प्रतियोगितामा स्पेनले जम्मा चार मिनेट मात्रै पछाडि परेको थियो – त्यो पनि इङ्ग्ल्यान्डविरुद्ध होइन। तर फाइनलमा पेनाल्टीमा पराजित भई पहिलो युरोपियन उपाधि जित्ने अवसर गुमायो।

यो फाइनल सन् १९८४ यता पहिलो पटक पेनाल्टी सुटआउटमा निर्णय भएको युरो फाइनल थियो। १९८४ को सो प्रतियोगितामा पनि इङ्ग्ल्यान्ड पेनाल्टीमा नै स्विडेनसँग पराजित भएको थियो।

खेलपछि बीबीसीसँग बोल्दै इङ्ग्ल्यान्डकी गोलकिपर ह्याम्प्टनले भनिन्, “यो टोली अविश्वसनीय छ। हामीले सधैं देखाउँदै आएका छौं कि गोल खाएपछि पनि फर्किन सक्छौं। हामीसँग त्यो साहस, त्यो आत्मबल छ – हामी कहिल्यै हार मान्दैनौं।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka