Premier Cables
Premier Steel

राष्ट्रिय स्वास्थ्य

उडिरहेको यति एयरमा चमत्कार: डाक्टर झाले बचाए मुटु रोगी शिशुको ज्यान !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न १२:३१ बजे
Hamro Biratnagar Headlines

जनकपुर । जनकपुरबाट काठमाडौं उडिरहेको यति एयरलाइन्सको एउटा सामान्य उडानले एकाएक आपतकालीन अस्पतालको रुप लियो, जब जहाजमै जन्मजात मुटु रोग (कन्जेनिटल हार्ट डिजिज ) बाट पीडित एक नवजात शिशुको अवस्था अचानक गम्भीर हुँदै गयो।

आकाशको बीचमै शिशुको शरीर निलो निलो बन्दै गयो, आत्तिएका अभिभावकको आँखामा त्रास भरियो, र जहाजको वातावरण तनावपूर्ण बन्न थाल्यो। चालकदल र यात्रुहरू छट्पटाइरहेका थिए—अब के गर्ने? कहाँ लैजाने? तर, त्यही जहाजमा सवार थिए एक असल देवदूत—सिरहाको लहानस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झा।

बिज्ञापन

क्षणको पनि ढिलाइ नगरी डा. झा अघि सरे। जहाजमै अक्सिजनको व्यवस्था गरे, शिशुको अवस्था बुझ्दै अभिभावकलाई ढाढस दिए। उनी चिकित्सक मात्र बनेनन्, त्यो क्षणमा त शिशुका लागि देवता बनिए। जहाज काठमाडौं ओर्लुन्जेलसम्म उनले आवश्यक सबै प्राथमिक उपचार दिए, जसले शिशुको ज्यान स्थिर राख्न ठूलो भूमिका खेल्यो।

काठमाडौं अवतरणसँगै शिशुलाई एम्बुलेन्समार्फत तुरुन्त अस्पताल पुर्‍याइयो। समयमै उपचार पाएर शिशुको ज्यान बच्यो-आकाशमै एक चमत्कार भएको थियो, जसको नायक बनेका थिए डा. झा।

त्यही जहाजमा थिए चर्चित कलाकार मनोज गजुरेल पनि। डाक्टर झाको मानवीय सहयोग देखेर उनी निकै प्रभावित भए। उनले आफ्नो फेसबुकमा त्यो क्षण साझा गर्दै डा. झालाई ‘आकाशमै भेटिएको जीवनदाता’ भनेर सम्मानित ढंगमा धन्यवाद दिएका छन्।

यो घटना केवल एउटा संयोग थिएन-यो हो, जीवन र मृत्युको दोबाटोमा एक सच्चा पेशेवरको मानवीय हस्तक्षेप, जसले एक नन्हा जीवनलाई फेरि मुस्कुराउने मौका दियो।

यस्तो छ गजुरेलको स्टाटस

आकासमा बिरामी: आकासमै डाक्टर !

जनकपुरबाट काठमाण्डौ उडिरहेको थियो यती एयरलाईन्सको जहाज ! जहाजमा थिए एक नवजात शिशु जो जन्मजात मुटुरोग (Congenital Heart Disease) बाट पीडित ! यात्राकै क्रममा शिशुको शरीर निलोहुँदै गयो । अविभावक आत्तिनु स्वभाविक थियो । एयरलाईन्स कर्मचारीले सहयोग मागे । भाग्यवस जहाजमै हुनुहुन्थ्यो- लहान प्रादेशिक अस्पतालका मे.सु. डा. रन्जित झा ! उहाँले अक्सिजन मिलाउने, ईमर्जेन्सी प्रयास गर्ने, अविभावकलाई काउन्सिलिङ गर्नेदेखि अस्पतालसम्म पुर्याउन सहयोग गर्नुभयो ।
Good Job Dr. Ranjit👍🏻अरुलाई आपत परेको बेला आफ्नो सिप र ज्ञान सदुपयोग गर्नु नै मानवीय धर्म हो । हाम्रा परममित्र, गायक तथा चिकित्सक डा. रन्जितलाई धेरै धेरै धन्यबाद🙏

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka