Premier Cables

समाचार

मोरङका धिमाल ‘प्रथम नागरिक’, तर व्यवहारमा भने हेपाइती

Calendar आइतबार, साउन ११, २०८२  | साँझ ५:४९ बजे

विराटनगर । मोरङको पथरीशनिश्चेका धिमाल समुदायले प्रथम नागरिक घोषणा भएपनि राज्यले आफूहरुलाई गर्ने व्यवहार भेदभावपूर्ण भएको गुनासो गरेका छन् ।

मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाले धिमाल समुदायलाई प्रथम नागरिक घोषणा गरेका छन् ।

बिज्ञापन

युएनडीपी संसद सहयोग परियोजनाको सहयोगमा संसदीय पत्रकार मंच कोसी प्रदेशले पथरीशनिश्चरेमा आयोजमा गरेको सार्वजनिक सुनुवाईमा सहभागी धिमाल अगुवाहरुले समुदायको उत्थानमा राज्य उदासीन रहेको बताए ।

स्थानीय भुवन धिमालले शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रहरुमा धिमाल समुदायलाई स्थान दिइनु पर्नेमा जोड दिए । उनले धिमालका कूल १४ टोल समिति रहेको बताउँदै महाराजथान रहेका जग्गाको दर्ता हुन नसकेको बताए ।
प्रमिशा धिमालले स्थानीय तहले धिमाल समुदायका लागि निकै न्यूनमात्रामा बजेट विनियोजन गर्ने गरेको बताइन ।

बजेट बढाउनु पर्ने र महिलाको परम्परागत सीप संरक्षणका लागि समेत काम हुनुपर्ने माग गरिन ।

कार्यक्रममा कोसी प्रदेश सभाको प्राकृतिक स्रोत तथा पूर्वाधार समितिका सभापति होमबहाुदर थापाले अल्पसंख्यक धिमाल समुदायको वृहत्तर हित तथा उत्थानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्ने बताए । प्रदेश सभा सदस्य मानबहादुर लिम्बू र गीता तिम्सिनाले धिमाल समुदायको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापोले धिमाल समुदायका लागि आगामी आर्थिक वर्षदेखि बजेट बढाइने बताए । कार्यक्रममा सहभागी धिमाल आगुवाहरुले पथरीशनिश्चरेमा बस्ती बसाउन आफ्ना अग्रजहरुको योगदान रहेको चर्चा गरे । कार्यक्रम मंचका अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka