Premier Cables
Premier Steel

समाचार

सिटी सफारी दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न १२:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । मोरङको लेटाङ नगरपालिका-५ स्थित मदन भण्डारी लोकमार्गमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

साउन ६ गते दिउँसो परीक्षणका क्रममा रहेको सिटी सफारी आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा लेटाङ–४ का ३९ वर्षीय चालक भिषण राई, सवारीमा सवार ३२ वर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ वर्षीय सन्देश राई र ३० वर्षीय क्षितिज राई घाइते भएका थिए।

बिज्ञापन

घाइते क्षितिज राईको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हाल सिटी सफारीका चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka