Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

दुधकोसी थुनिएर तत्काल खतरा छैन : थुलुङ दुधकोसी गाउँपालिका

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले दुधकोसी नदी थुनिएको भनिएको स्थानमा अहिलेको लागि कुनै तत्कालीन खतरा नरहेको स्पष्ट पारेको छ।

गाउँपालिकाको वडा नं. २ र ४ जोड्ने दुधकोसी नदीमा सिखु खोलाबाट आएको ढुंगा, बालुवा र ग्रेगायनले नदीको बहाव केही समयका लागि रोकिए पनि अहिले अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार निर्माणाधीन पुलसमेत ढाक्ने गरी ग्रेगायन थुप्रिए पनि ठूलो जलाशय बनेको छैन र अचानक मूल खुल्दा बाढीको ठूलो जोखिम देखिएको छैन।

“गाउँपालिकाबाट प्राविधिक टोली पठाएर निरीक्षण गराउँदा तत्कालै कुनै खतरा देखिएन। तर, यदि निरन्तर वर्षा भई सिखु खोलाबाट थप ग्रेगायन थुप्रिएर बहाव रोकियो भने खतरा हुन सक्छ,” अध्यक्ष राईले भने, “तर अहिले आत्तिनुपर्ने अवस्था छैन।”

जिल्ला प्रशासन कार्यालयबाट पनि निरीक्षण भएको जानकारी दिँदै उनले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन सूचित गरिएको बताए।

उक्त क्षेत्र हुँदै सोलुखुम्बु र खोटाङलाई जोड्ने काङेल–वादे जुबु सडक खण्डमा कोसी प्रदेश सरकारले निर्माण गरिरहेको पक्की पुल ग्रेगायनले ढाकेको छ। पुल निर्माणाधीन अवस्थामा नै क्षतिग्रस्त बनेको जनाइएको छ।

करीब १५ करोड रुपैयाँ लागतको यस बहुवर्षीय योजना अन्तर्गतको पुल थुलुङ दुधकोसी गाउँपालिकाको वडा नं. २ र ४ जोड्ने महत्वपूर्ण संरचना हो।

कोसी प्रदेशका पूर्वमन्त्री एवं सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पनि हाल स्थिति सामान्य रहेको पुष्टि गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka