Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको २१ औं पदस्थापन समारोह सम्पन्न

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न २:१८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको २१ औं पदस्थापन समारोह सम्पन्न भएको छ । डाउनटाउनमा यस वर्ष गिरिजा सारडा अध्यक्ष, पुनम राठी सचिव र कोषाध्यक्ष सपना सिङ्गल रहेका छन् ।

निवर्तमान अध्यक्ष मञ्जु अग्रवालको सफल कार्यकाल पछि रोटरी डाउन टाउको नेतृत्व सारडाले सम्हालेकी हुन् । उनले आगामी वर्षलाई शिक्षा, महिला स्वालम्बन,स्वास्थ्य रवातावरण प्रति केन्द्रीत गर्दै कार्यक्रमहरु गरिने बताएकी छिन् ।

औपचारिक कार्यक्रममा क्लब अध्यक्ष सारडाले आफ्नो कार्य योजनाबारे जानकारी गराएकी छिन् । त्यस अवसरमा दस्यहरूको चयनका साथै पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको ,लेफ्टिनेन्ट कर्णेल अरुण कार्की, सहायक गभर्नर विनोद अग्रवाल , प्रथम महिला बवभा कोइराला र वरिष्ठ रोटेरियन तथा रोटरी डिस्ट्रिक्ट सल्लाहकार एम.के. झा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न व्यावसायिक क्षेत्र,सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरु सहभागी थिए ।

रोटरी आरोग्यम कार्यक्रमअन्तर्गत डाउनटाउनले म्याक्स हस्पिटल्स भारतसँग सीमापार स्वास्थ्य सेवा साझेदारी गरेको छ। ूजहाँ स्वास्थ्य फस्टाउँछ, त्यहाँ आशा बढ्छू भन्ने विश्वासद्वारा निर्देशित यो पहल जिल्ला ३२९२ का रोटेरियनहरूका लागि एक ऐतिहासिक प्रस्ताव भएको अध्यक्ष सारडाले बताएकी छिन् ।

क्लबले रोटरीको मासिक विषयवस्तु, तय गरिएका क्षेत्रहरू र फोरवे टेस्ट प्रस्तुत गर्दै १०० वटा रोटरी ब्रान्डेड टेबल क्यालेन्डरहरू वितरण गरेको छ । कार्यक्रममा सर्टमुभीसमेत प्रदर्शन गरिएको थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka