Premier Cables
Premier Steel

राजनीति

अर्कासँग नाम मिल्दा १६ दिन जेलको बास: निर्दोष सावित भएपछि रिहा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । नाम मिलेकै आधारमा पक्राउ परेका इलामको सन्दकपुर गाउँपालिका–५ का ७६ वर्षीय तिलबहादुर गुरुङ अन्ततः निर्दोष सावित भएका छन्।

उच्च अदालत इलामको आदेशपछि गुरुङलाई १६ दिनपछि कारागारबाट रिहा गरिएको हो।

बिज्ञापन

गएको असार १७ गते इलाम प्रहरीले २०३८ सालमा जारी भएको जिल्ला अदालत इलामको फैसलाका आधारमा गुरुङलाई पक्राउ गरेको थियो। उनलाई फरार अभियुक्त ठहर गर्दै असार १८ गते कारागार चलान गरिएको थियो। तर गुरुङले आफैं दोषी नभएको दाबी गर्दै अदालतको ढोका ढकढक्याएपछि सत्य बाहिर आएको हो।

अदालतमा पेश भएका प्रमाणका आधारमा गुरुङ उक्त पुरानो मुद्दामा संलग्न नभएको पुष्टि भयो। उच्च अदालत इलामले उनलाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। यस घटनापछि गुरुङले बिना कारण १६ दिन जेल जीवन बिताउनुपरेको छ।

परिवारले पनि बिना जानकारी वृद्ध गुरुङलाई पक्राउ गरिएकोमा असन्तोष व्यक्त गरेका छन्। प्रहरी प्रशासनले भने फरार अभियुक्तको खोजीका क्रममा नाम मिलेकै कारण त्रुटी भएको स्वीकार गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka