Premier Cables
Premier Steel

मौसम

कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०२, २०८२  | बिहान ७:४९ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर आंशिकदेखि साधारण बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

बिज्ञापन

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै,ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। साथै देशका उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हुरीको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेश, मधेस प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षासँगै हिमपात हुने सम्भावना कायम रहेको छ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको जनाएको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम समेत बढेको भन्दै ती क्षेत्रका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

सतह बढ्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी गर्न सर्वसाधारणसँगै सरोकार भएका निकायहरूलाई पनि अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka