Premier Cables
Premier Steel

मौसम

उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी, नेपालमा सतर्कता अपनाउन सूचना

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १७, २०८२  | राती ८:४७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मौसमविद्हरूको अनुसार आज रातिदेखि केही दिनसम्म नेपालका धेरै भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।

विशेषगरी गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रहरूमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। विभिन्न जिल्लामा प्रशासनले सतर्कता अपनाउन सूचना जारी गरेका छन् ।

बिज्ञापन

नयाँ वेस्टर्न डिस्टर्बेन्सको प्रभावका साथ अरब सागर र बंगालको खाडीबाट आएको पानीयुक्त हावाले देशभर मौसममा प्रभाव पारिरहेको छ। यसको कारण धेरै स्थानहरूमा लगातार वर्षा हुनुका साथै असिना वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।

भारतका उत्तर प्रदेश र बिहारका धेरै जिल्लामा यस प्रणालीको असरका कारण रेड र येलो अलर्ट जारी गरिएको छ, जसले यसको गम्भीरता देखाउँछ।

यदि वर्षा कम भयो भने त्यो राम्रो कुरा हो, तर सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्क रहनु नै सुरक्षित उपाय हो।

त्यसैले अनावश्यक यात्रा नगर्न, नदी किनार तथा पहाडी क्षेत्रमा बस्नेहरूले विशेष सावधानी अपनाउन, र आधिकारिक निकायहरूले जारी गर्ने सूचनालाई पालना गर्न अनुरोध गरिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka