Premier Cables
Premier Steel

अर्थ

साउनमा झन् घट्यो बैंकको ब्याजदर, राष्ट्र बैंकको नीतिले थप दबाब

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । असार र जेठ महिनामा स्थिर देखिएको बैंकको ब्याजदर साउन लागेपछि फेरि घटेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएपछि अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर कटौती गरेका हुन्।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याएको थियो। त्यस्तै, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारिएको थियो। यसले बैंकहरूलाई ब्याजदर घटाउन स्पष्ट संकेत दिएको हो।

बिज्ञापन

dps ad

बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार, असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेर ५.६८७ प्रतिशतमा झरेको छ। असारमा यो दर ५.९०२ प्रतिशत थियो।


१४ बैंकले घटाउँदा ४ को यथावत

साउन महिनाको लागि १४ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ बैंकले पुरानै दर कायम राखेका छन्। दुई बैंकले भने केही वृद्धि गरेका छन्—हिमालयन बैंकले ०.५ प्रतिशत विन्दुले र स्टान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले बढाएको हो।

छोटो अवधिका मुद्दती निक्षेपमा बैंकहरूले कम ब्याज दिने गरेका छन् भने लामो अवधिका लागि केही बढी दर दिने चलन छ। अधिकतम ब्याजदर प्रायः दीर्घकालीन निक्षेपका लागि लागू हुन्छ।

असार महिनामा सरकारी पूँजीगत खर्च उच्च हुने भएकाले पनि तरलता कम भएको छ। चालु आर्थिक वर्षको असार महिनामा मात्रै कुल वार्षिक पूँजीगत खर्चको ३२ प्रतिशत खर्च गरिएको थियो, जसले पनि ब्याजदर घट्न सहयोग पुर्‍याएको बैंकरहरूको भनाइ छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीका अनुसार, “मौद्रिक नीतिपछि बैंकहरूले नेपाल राष्ट्र बैंकमा राख्ने निक्षेपमा ब्याज आम्दानी घट्ने भएपछि निक्षेपको ब्याजदर घटाउनुपरेको हो।”

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असार ३१ सम्म वित्तीय प्रणालीमा ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ बढी तरलता खिचिएको छ। यसमध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरण र बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधाबाट खिचिएको हो।

गत आर्थिक वर्षको अन्त्यमा संकलित अधिक तरलता ३ खर्ब ५५ अर्ब रुपैयाँ थियो, जुन अहिले दोब्बर पुगेको छ। आर्थिक गतिविधि सुस्त हुँदा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएको राष्ट्र बैंकको मूल्यांकन छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka