Premier Cables

समाचार

चार्जरबाट मोबाइल ‘अनप्लग’ गर्दा करेन्ट लागेर युवतीको मृत्यु

Calendar मंगलबार, असार ३१, २०८२  | बिहान ११:५८ बजे

खोटाङ । खोटाङमा मोबाइल चार्ज गरेर अनप्लग गर्ने क्रममा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ । बारापोखरी गाउँपालिका–४ की २५ वर्षीया इन्द्रा राईले गएराति मोबाइल चार्जमा हालेकी थिइन । मोबाइल चार्ज भएपछि निकाल्ने क्रममा उनलाई एक्कासि करेन्ट लाग्यो ।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार साढे ९ बजे मोबाइल चार्जरबाट फोन निकाल्ने क्रममा करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

बिज्ञापन

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले मोबाइल चार्ज गरेर अनप्लग गर्दा निकै सचेत हुनुपर्ने जनाएको छ । चिसो हातले स्विच अनआफ नगर्न र मोबाइल चार्ज नगर्न अनुरोध गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो
Pigeon Advertising Biratnagar

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027