Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०३, २०८२  | साँझ ५:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा करेन्ट लागेर छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार भएका घटनामा एक पुरुष र एक किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ।

झापाको अर्जुनधारा नगरपालिका–४ का ३५ वर्षीय दीपक पाण्डे बिर्तामोड–२ स्थित एक ट्रान्समिटरमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

बिज्ञापन

उनलाई तत्कालै बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

यस्तै, सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीया स्मृति चौधरी आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भइ ज्यान गुमाएकी हुन्।

दुवै घटनाबारे सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka