Premier Cables
Premier Steel

अपराध विराटनगर स्वास्थ्य

जीवन विकास डेरीद्वारा  मिठाइ प्रयोग गर्नुहुदैछ ? सावधान मिठाई ढुसी परेको हुन सक्छ । 

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जीवन विकास डेरीबाट उत्पादित मिठाइमा ढुसी परेको भेटिएपछि खाद्य सामग्रीको गुणस्तरमाथि प्रश्न उठेको छ। विराटनगरस्थित ट्राफिक चोक शाखाबाट खरिद गरिएको मिठाइ ढुसी परेको अवस्थामा फेला परेको हो।

सोमबार संसारीमाईस्थान अगाडि रहेको सन्स कलेजमा आयोजित एक कार्यक्रमका लागि डेरीको ट्राफिक चोक शाखाबाट मिठाइ लगिएको थियो। उक्त मिठाइ मंगलबार वितरण गर्ने क्रममा ढुसी परेको अवस्थामा फेला परेको कार्यक्रममा सहभागी पत्रकारहरूले बताएका छन्।

विज्ञापन

मिठाइमा ढुसी परेको भेटिएपछि पत्रकारहरूले तत्काल खाद्य अनुसन्धान तथा अनुगमन टोलीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिक्रीका लागि राखिएका मिठाइमा उत्पादन मिति र बिक्री गर्न मिल्ने अवधिसम्बन्धी विवरण स्पष्ट नभेटिएको जनाएको छ।

शंकास्पद मिठाइका परिकार प्रयोगशालामा परीक्षणका लागि पठाइने र परीक्षणको नतिजा प्राप्त भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने खाद्य अनुसन्धान टोलीले जनाएको छ।

यता, जीवन विकास डेरीले भने दूधजन्य सामग्री भएकाले कहिलेकाहीँ यस्तो समस्या आउन सक्ने प्रतिक्रिया दिएको छ।

चाडपर्वको समयमा बजारमा मिठाइ तथा अन्य खाद्य सामग्रीको माग बढ्ने गर्छ। यस्तो अवस्थामा उत्पादक तथा व्यवसायीले खाद्य सामग्रीको गुणस्तर, उत्पादन मिति, उपभोग गर्न मिल्ने अवधि र भण्डारणमा विशेष ध्यान दिन आवश्यक हुन्छ। बिक्री नभएका खाद्य सामग्री लामो समयसम्म भण्डारण गरी पुनः बिक्री वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा जोखिम उत्पन्न हुन सक्छ।

जीवन विकासजस्तो संस्थाबाट उत्पादित सामग्रीप्रति उपभोक्ताले विश्वास गर्ने भएकाले यस्ता घटनालाई सामान्य रूपमा लिन मिल्दैन। दैनिक उपभोग गरिने खाद्य सामग्रीको नियमित अनुगमन गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा उजुरी आएपछि मात्र नभई नियमित रूपमा बजार अनुगमन गर्न आवश्यक देखिन्छ।

खाद्य सामग्रीमा कैफियत भेटिएमा प्रयोगशाला परीक्षणको नतिजाका आधारमा दोषी उत्पादक वा विक्रेतामाथि कानुनअनुसार कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka