Premier Cables
Premier Steel

राष्ट्रिय

चीनतिर ‘फोर्स ल्यान्डिङ’ गराइएको सेनाको हेलिकप्टर फिर्ता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | अपराह्न १२:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । चिनियाँ हवाई सीमामा अनुमति नलिएर प्रवेश गरेपछि ‘फोर्स ल्यान्डिङ’ गराइएको नेपाली सेनाको हेलिकप्टर नेपाल फिर्ता आएको छ।

भोटेकोशीमा अचानक आएको बाढीबाट प्रभावित नेपाली नागरिकहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चीनको भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले अनुमति नलिएको भन्दै जबरजस्ती अवतरण गराएका थिए।

बिज्ञापन

यद्यपि नेपाली सेनाका अधिकारीहरूले हेलिकप्टर चीनतर्फ प्राविधिक कारणले अवतरण गराइएको दाबी गर्दै आएका छन्। उक्त हेलिकप्टर मंगलबार बिहान भोटेकोशी क्षेत्रमा रोकिएका करिब १५० जना नेपालीलाई उद्धार गर्न गएकाे थियो।

चिनियाँ भूमिमा जबरजस्ती अवतरण गराइएको घटनाबारे जानकारी पाउनासाथ नेपालका स्थानीय प्रशासनले गृह मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा सूचित गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka