Premier Cables
Premier Steel

अपराध विराटनगर

गाँजासहित भारतीय नागरिक मोरङबाट पक्राउ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न २:४३ बजे
Hamro Biratnagar Headlines

मोरङ । भारततर्फ लाग्दै गरेका एक भारतीय नागरिक मोरङको धनपालथान गाउँपालिका–२ पैटामबाट अवैध लागुऔषध गाँजासहित पक्राउ परेका छन्।

शुक्रवार साँझ करिब ८:३० बजे प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको BR38Q 5686 नम्बरको भारतीय सुपर स्प्लेंडर मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरिएको हो।

पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको पहुँसी ग्राम पंचायत–२ निवासी २२ वर्षीय मोहमद ईर्साद हुन्। उनको साथबाट प्लास्टिकको जेब्रा झोलामा राखिएको २५ किलो २५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषधसहित मोटरसाइकल पनि बरामद गरी मोहमद ईर्सादलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याएर थप अनुसन्धान जारी राखेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka