Premier Cables

स्वास्थ्य

आन्दोलन गर्दै डाक्टरहरु सडकमा आउँदा बिरामीलाई सास्ती

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प छन्।

उपभोक्ता अदालतले हालै दिएका केही फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको र ती निर्णयहरूले चिकित्सकहरूलाई हतोत्साहित गर्नुका साथै असुरक्षित वातावरण सिर्जना गरेको भन्दै संघले विरोधस्वरूप सेवा बन्दको कार्यक्रम अघि सारेको हो।

विज्ञापन

चिकित्सक संघले असार २० गतेदेखि आन्दोलनको घोषणा गरेको थियो। संघका महासचिव डा। सञ्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने स्पष्ट उल्लेख गरिएको छ।

चिकित्सकहरूले करोडौं रुपैयाँ क्षतिपूर्तिको फैसलाले व्यक्तिगत रूपमा डाक्टरहरूलाई गम्भीर आर्थिक र मानसिक दबाबमा पार्ने भएकाले यसले चिकित्सकीय सेवामा नै संकट ल्याउन सक्ने चेतावनी पनि दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka