Premier Cables
Premier Steel

समाचार

गाँजासहित भारतीय कार नियन्त्रणमा

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, असार २२, २०८२  | अपराह्न २:२७ बजे

सुनसरी । नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको शङ्कास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको थियो ।

बिज्ञापन

गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाई छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka