Premier Cables
Premier Steel

समाचार

विराटनगरमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखियो, सतर्क रहन स्वास्थ्यकर्मीको आग्रह

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २१, २०८२  | साँझ ७:३७ बजे
Hamro Biratnagar Headlines

विराटनगर। विराटनगरमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ। विराटनगर महानगरपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म महानगर क्षेत्रभित्र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिँदै लामो समयसम्म मानिसहरूलाई लकडाउनको अवस्थामा राखेको थियो। त्यसपछि संक्रमणको दर घट्दै जाँदा जनजीवन सामान्य अवस्थामा फर्किएको थियो। तर पछिल्लो समय भारतमा फैलिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबीबी’ नेपालमा पनि देखिन थालेको छ। यही नयाँ भेरियन्ट हाल विराटनगरमा समेत पुष्टि भएको हो।

बिज्ञापन

स्वास्थ्यकर्मीहरूका अनुसार हाल देखा परेको यो नयाँ भेरियन्ट अघिल्ला भेरियन्टहरूजस्तो गम्भीर प्रकृतिको नभएकाले तत्काल आत्तिनुपर्ने अवस्था छैन। तर सतर्कता आवश्यक रहेको भन्दै महानगरपालिकाले केही सावधानी अपनाउन आग्रह गरेको छ।

महानगरले भिडभाड हुने क्षेत्रहरूमा जाँदा मास्क अनिवार्य लगाउने, हात नियमित सेनिटाइज गर्ने, अनावश्यक भिडभाड नगर्ने तथा भिडभाड भएका स्थानहरूमा नजान जनसाधारणलाई अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka