Premier Cables

राजनीति

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्याे

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १८, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अनुशासनसम्बन्धी विषयमा स्पष्टीकरण माग गरेको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।

“उहाँको सार्वजनिक अभिव्यक्तिसम्बन्धी विषयमा स्पष्टीकरण माग गरिएको हो,” पाण्डेले जानकारी दिए।

विज्ञापन

झाँक्रीले गत शनिबार सार्वजनिक कार्यक्रममार्फत पार्टी नेतृत्व पुनर्गठनको माग गर्दै अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेकी थिइन्। उनले पतञ्जलि समूहसँग जोडिएको जग्गा प्रकरणमा अध्यक्ष नेपालको नामसमेत जोडिएको भन्दै पार्टीको नेतृत्वमा आमूल परिवर्तन आवश्यक रहेको बताएकी थिइन्।

त्यस क्रममा उनले “सिनो बोकेर अगाडि बढ्न सकिन्न” भन्ने अभिव्यक्ति दिएकी थिइन्, जसलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिएको छ। सोही अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले उनलाई तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको हो।

पार्टी भित्रको असन्तोष र नेतृत्वप्रति आलोचनात्मक धारणा सार्वजनिक गर्नुलाई अनुशासन उल्लंघनको रूपमा लिएको संकेत देखिएको छ। अब झाँक्रीको जवाफपछि मात्र पार्टीको थप निर्णय सार्वजनिक हुने बताइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka