Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

काेसीका चिकित्सक आन्दाेलनमा, के के छन् माग ?

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | राती ८:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उपभोक्ता अदालतका फैसलाविरुद्ध नेपाल चिकित्सक सङ्घद्वारा घोषणा गरिएको आन्दोलनलाई सङ्घको कोशी शाखाले समर्थन जनाएको छ।

नेपाल चिकित्सक सङ्घ कोशी शाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपभोक्ता अदालतको फैसलाविरुद्ध केन्द्रीय सङ्घद्वारा सुरु गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो। शाखाका अध्यक्ष डा. राजेन्द्र चौधरी र महासचिव डा. बालकृष्ण साहद्वारा जारी विज्ञप्तिमा मंगलबार अस्पताल तथा निजी क्लिनिकहरूमा कार्यरत चिकित्सकहरूले कालोपट्टी बाँधेर सेवा दिइरहेको जनाइएको छ।

बिज्ञापन

विज्ञप्तिमा उपभोक्ता अदालतको फैसलाले अस्पताल, चिकित्सक, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको मनोबल खस्किएको उल्लेख गरिएको छ। साथै, आन्दोलनमा सहभागिता जनाएका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरिएको छ।

सङ्घको केन्द्रीय कार्यतालिकालाई निरन्तरता दिँदै आगामी बुधबार र बिहीबार पनि चिकित्सकहरूले कालोपट्टी बाँधेर नियमित सेवा दिने कोशी शाखाले जनाएको छ।

यसैबीच, नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यालयले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा केन्द्रीय कार्यसमितिले उक्त निर्णय लिएको हो।

२००७ साल फाल्गुन २० गते स्थापना भएको नेपाल चिकित्सक सङ्घ हाल विश्व चिकित्सक सङ्घ, दक्षिण एसियाली चिकित्सक सङ्घ तथा एसिया–ओसियानिया चिकित्सक महासङ्घको सदस्य संस्था हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka