Premier Cables
Premier Steel

राजनीति

विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सुविधा फिर्ता गर्ने

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | अपराह्न ३:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै आफूले पाउँदै आएको सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी थालेकी छन्।

शितल निवासबाट सरेर निजी निवासमा फर्किएपछि उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने अधिकांश सुविधा छाडिसकेको स्रोतले जनाएको छ। बाँकी सेवा–सुविधा पनि अब छोड्ने तयारी भइरहेको स्रोतको भनाइ छ।

बिज्ञापन

भण्डारी निकट एक स्रोतका अनुसार, उनले आगामी १ साउनदेखि लागू हुने गरी सरकारलाई औपचारिक रूपमा सेवासुविधा फिर्ता गर्न पत्र पठाउने तयारी गरेकी छन्।

हाल सरकारले उनलाई दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा र इन्धन खर्च उपलब्ध गराइरहेको छ। यद्यपि उनले शितल निवास छाडेपछि निवास खर्च र तलब भने नलिएको स्रोतको दाबी छ।

भण्डारीले असार १४ गते मदन भण्डारीको जयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गर्दै सक्रिय राजनीतिमा पुनः फर्किएको जानकारी गराएकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa