Premier Cables
Premier Steel

विराटनगर

पूर्व राष्ट्रपति भण्डारीलाई स्वागत गर्न को-को पुगे विराटनगर विमानस्थल ? (तस्बिरहरु)

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, भाद्र ०२, २०८२  | अपराह्न १:३८ बजे

विराटनगर । विराटनगरको उद्घोष दैनिक पत्रिकाको वार्षिकोत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आई पुगेकी छिन् ।

विराटनगर विमानस्थलमा दिउँसो १ बजे उत्रिएकी भण्डारीलाई भेट्न उनी समर्थित नेता तथा कार्यकर्ताहरुको ठूलो घुइँचो थियो । भण्डारीलाई कोसी प्रदेश सरकारकी विना विभागीय राज्यमन्त्री सिर्जना राईले फूलको गुच्छा दिएर स्वागत गरेकी थिइन ।

बिज्ञापन

एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, एमाले मोरङ उपाध्यक्ष सागर थापा, युवा संघका पूर्व जिल्ला अध्यक्ष मुकेश बुढाथोकी, कोसी प्रदेश सभाकी पूर्व सदस्य यशोदा अधिकारी लगायत नेता विमानस्थल पुगेका थिए ।

यसबाहेक एमालेका विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुसमेत पुगेका थिए । हेर्नुहोस तस्बिर

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka