Premier Cables
Premier Steel

विराटनगर

‘वीपीको समाजवाद र स्थानीय सरकार’ पुस्तकमाथि विमर्श

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | राती ८:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । ‘वीपीको समाजवाद र स्थानीय सरकार’ शीर्षक पुस्तकमाथि आइतबार विराटनगरमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा एलिट क्लबमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद् र बुद्धिजीवीहरूले पुस्तकका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रा. डा. बलराम पौडेलले पुस्तकको अवधारणामाथि प्रकाश पारेका थिए। त्यसक्रममा प्रा. डा. भेषप्रसाद धमला, प्राध्यापक कृष्ण पोखरेल, प्रा. महेन्द्र यादव, प्रा. गोविन्द तुम्वाहाङ र प्रा. दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) ले पुस्तकमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे।

वक्ताहरूले वीपी कोइरालाले अघि सारेको समाजवादी सोचलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूको भनाइमा, गाउँलाई विकासको केन्द्रबिन्दु बनाउँदै अघि बढ्दा मात्र समावेशी र दिगो विकास सम्भव छ।

कार्यक्रममा वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालकी अध्यक्ष इन्दिरा थापाले संगठनले देशभरका ७७ वटै जिल्लामा एक–एक वटा गाउँलाई समाजवादी अवधारणामा आधारित नमुना गाउँ बनाउने लक्ष्यसहित कार्ययोजना अघि बढाएको जानकारी दिइन्।

उनले गत वैशाख १५ गते काठमाडौंमा औपचारिक रूपमा विमोचन गरिएको पुस्तकमा देखिएका विषयवस्तुहरूलाई थप संशोधन र सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन्। पुस्तकलाई समाजवाद कार्यान्वयनको आधार दस्तावेजका रूपमा प्रयोग गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, प्रा. कविराज न्यौपाने, प्रा. डा. टुनराज भट्टराई, भूषण ढुंगेल, दिनेश श्रेष्ठलगायतका सहभागीहरूले पुस्तकका विभिन्न पक्षबारे विचार व्यक्त गरेका थिए।

पुस्तकमा विविध विषयमा विभिन्न क्षेत्रका लेखकहरूको लेख समावेश गरिएको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka