Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङले लगाएको ताल्चा वडाध्यक्ष र स्थानीयले फुटाए

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | साँझ ४:५४ बजे
Hamro Biratnagar Headlines

धरान । धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको गेटमा नगरप्रमुख हर्क साम्पाङले लगाएको ताल्चा वडा अध्यक्ष र स्थानीय जनताले शुक्रबार बिहान फुटाएका छन्।

नगरप्रमुख साम्पाङले वातावरणीय पर्यटनलाई असर पर्ने भन्दै चौकी निर्माणमा अवरोध गर्दै बिहीबार राति निर्माणस्थलको गेटमा ताल्चा लगाएका थिए। उनले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तथा योजना स्वीकृत नगरी चौकी बनाइएको भन्दै आपत्ति जनाएका थिए।

बिज्ञापन

तर शुक्रबार बिहान मजदुर काममा जान खोज्दा अर्कोपटक पनि गेटमा ताल्चा लगाइएको सूचना पाएपछि वडा अध्यक्ष भट्टराईले आफैं ताल्चा फुटाएका हुन्। ताल्चा खोलेपछि निर्माण कार्य पुनः सुरु गरिएको छ।

ताल्चा फोड्दै अध्यक्ष भट्टराईले भने, “अब चौकी निर्माण सम्पन्न नहुन्जेल म यहीँ बसेर जनताको सेवा गर्छु।” उनले सबै स्थानीयलाई चौकी निर्माणस्थलमै सहयोग गर्न आह्वान गरे।

प्रहरी चौकी निर्माणको निर्णय २०८० जेठ १८ गते कार्यपालिका बैठकबाट, नगरप्रमुख साम्पाङकै अध्यक्षतामा भएको थियो। सो निर्णयअनुसार प्रारम्भिक चरणमा ९ लाख बजेटबाट काम सुरु भए पनि बजेट अभावमा रोकिएको थियो। हाल प्रदेश सरकारबाट प्राप्त थप ९ लाख बजेटले काम फेरि सुरु गरिएको हो।

स्थानीयहरूले चौकी निर्माणलाई पहिलो प्राथमिकता भन्दै समर्थन जनाएका छन्। एक स्थानीय महिलाले भनिन्, “भित्तेहरू आउँछन्, छोरीचेलीहरू घरबाट निस्कन सक्दैनन्। हामीलाई स्कुल होइन, पहिले चौकी चाहिएको हो।”

स्थानीयहरूले प्रहरी चौकीलाई “सुरक्षाको ग्यारेन्टी” भन्दै प्रहरी नै भगवान् सरह भएको बताएका छन्।

वडा अध्यक्ष भट्टराईले नगरप्रमुख साम्पाङकै प्रस्तावमा बहुभाषिक विद्यालय, माया धराने उद्योग, बेसार फ्याक्ट्री, पार्क तथा ट्याक्टर खरिदलगायत कामहरूमा जनप्रतिनिधिहरूले अवरोध नगरेको स्मरण गराउँदै चौकी निर्माणमा पनि मेयरले सहयोग गर्न आग्रह गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka