Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशको बजेट सर्वसम्मतिले पारित, साउन १ देखि कार्यान्वयनमा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | अपराह्न २:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । काेसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ। १ असारमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका थिए भने शुक्रबार भएको छलफलपछि पारित गरिएको हो।

बजेटमाथिको छलफलमा विभिन्न राजनीतिक दलका ३८ जना सांसदले भाग लिए। सांसदहरूले समावेश विकास, पूर्वाधार विस्तार, सामाजिक सुरक्षालगायत विषयमा सुझाव र टिप्पणी गरेका थिए। छलफलपछि मन्त्री मगरले बजेट पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले समर्थन गरेको हो।

बिज्ञापन

प्रस्तावित बजेटमा चालु खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ। बजेटले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, कृषिमा प्राथमिकता दिएको बताइएको छ।

प्रदेश सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड रुपैयाँ जुटाउने अनुमान गरेको छ। बाँकी रकम संघीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत व्यवस्थापन गरिनेछ।

बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। आर्थिक गतिविधि पुनः तीव्र बनाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशमा लगानीको वातावरण निर्माण गर्ने लक्ष्यका साथ बजेट ल्याइएको मन्त्रालयले जनाएको छ।

सरकारको यो बजेटले प्रदेशको आर्थिक सुधार, आधारभूत पूर्वाधारको विकास, उत्पादनमुखी कार्यक्रम र जनउत्तरदायी सेवा प्रवाहमा टेवा दिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka