Premier Cables

विराटनगर

विराटनगरको दक्षिणी क्षेत्रको विकासमा समेत उत्तिकै काम गरिरहेका छौं : मेयर नागेश कोइराला

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | साँझ ४:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भएको कामलाई समेत भएन भन्दा दुःख लाग्ने गरेको विराटनगरका मेयर नागेश कोइरालाले बताएका छन् ।

विहीबार विराटनगरको रानीमा आयोजित युवासँग मेयर कार्यक्रममा महानगरबासीले उठाएको प्रश्नको जवाफ दिदैँ मेयर कोइरालालाई तीन खण्ड बनाएर महानगरको दक्षिणी भेगको विकासमा ध्यान दिइएको बताए ।
कोइरालाले भने,‘हामी समान विकासको लागि चिन्तित छौं । दक्षिणी भेगमा समेत उत्तिकै विकास गर्ने हाम्रो लक्ष्य छ ।’ कोइरालाले दक्षिणी भेगको मन्टापोखरी पुर्ननिर्माण र संरक्षण गरिएको कार्यक्रममा बताए ।

विज्ञापन

दक्षिणी क्षेत्रमा सार्वजनिक शौचालयको समेत व्यवस्थापन गरिएको बताउँदै मेयर कोइरालाले दक्षिणी क्षेत्रमा छाडा चौपायाको विषयमा जिज्ञासा उठाएपछि खुला रुपमा छाडिएका विषयमा महानगर प्रहरीलाई जानकारी गराउन आग्रह गरे । केशलियाको बाढीबाट हुने डुबानको विषयमा समेत स्थानीयले मेयर कोइरालालाई जानकारी गराएका थिए ।

लागूऔषधका कारण उत्पन्न समस्याबारे पनि स्थानीयले मेयर कोइरालालाई जानकारी गराएका थिए । नयाँ आर्थिक वर्षको लागि ल्याइएको बजेटलाई पनि सन्तुलित ढंगले सबैतिर विकास विकास प्रवाह हुने गरी विनियोजन गरिएको जानकारी गराए । स्थानीयले विकास निर्माण, स्वास्थ्य, शिक्षा जस्ता विषयमा महानगरका मेयरसँग प्रश्न गरेका थिए । लागूऔषधका समस्या राेक्न जनचेतना जरूरी रहेकाे काेइरालाले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka